सीआईबी प्रमुख ज्ञवालीको सरुवा

२०८१ श्रावण २२, मंगलवार

काठमाडौँ : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट सरुवा गरेको छ।

गत चैतमा एआईजी किरण बज्राचार्यलाई हटाउँदै तत्कालीन गृहमन्त्री रवि लामिछानेले ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मा दिएका थिए। तर सत्ता परिवर्तनसँगै रविले हटाएकी किरण पुनः उपत्यका प्रहरी कार्यालय प्रमुख बन्दा ज्ञवाली भने कामविहीन मानिने प्रदेश समन्वय विभागमा सरुवा भएका छन्।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापालाई सीआईबी प्रमुखको जिम्मा दिइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार