बंगलादेशको अबस्था छिटो समान्य बनाउन राष्ट्रिय मुक्ति क्रान्तिकाे आग्रह

२०८१ श्रावण २७, आईतवार

काठमाडाैं : राष्ट्रिय मुक्ति क्रान्तिले एक प्रेस विज्ञप्ति जारी गर्दै बंगलादेशको अबस्था छिटो समान्य गर्न डा. मोहम्मद युनुसलाई आह्वान गरेको छ। संयोजक राजेन्द्र महतोद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको, “बंगलादेशमा सडक संघर्षबाट नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री डा. मोहम्मद युनुसलाई हार्दिक बधाईसहित सुखद कार्यकालको कामना गर्दछौं। सर्वपक्षीय छलफल गरि छिटोभन्दा छिटो संक्रमनकाल अन्त्य गरि निर्वाचनको मिति घोषणा गरि लोकतन्त्रको बहाल गर्न बंगलादेशका प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छौं।’

महताेले आन्दोलन र संघर्षको नाममा अल्पसंख्यक हिन्दु र बौद्धहरु माथि भैरहेको ज्यादति र बर्बर दमनको भर्त्सना गरेका छन्। मानवतालाई नै लज्जित गर्ने यस खालको दुर्व्यवहारले पुरै विश्वका मानव समाजलाई प्रभावित गरिरहेको र त्यस्को विरुद्धमा विश्वभरी ने प्रतिकार हुन सक्ने संभावना रहेकोले तत्काल यस्ता घटनाहरु नियन्त्रण गर्न समेत बंगलादेशी सरकारलाई राष्ट्रिय मुक्ति क्रान्तिलेआग्रह गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार