बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति

२०८१ श्रावण २७, आईतवार

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् । शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले झासँग बयान लिइसकेको छ । उनी असार १४ मा पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झाले वीरगन्ज उप–महानगरपालिका–७ ठेगाना उल्लेख गरेर नागरिकता बनाएको भेटिएको छ । उनको साथमा फेला परेको आधार कार्डको अधिकारिकताबारे प्रहरीले भारतमा पत्राचार गरेको छ ।

नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको घटनामा आफ्नो संलग्नताबारे उनले ‘इन्कार’ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार