अमेरिकाले भन्योः बङ्गलादेशको परिवर्तनमा हाम्रो हात छैन, अफवाह मात्रै हो

२०८१ श्रावण २९, मंगलवार

काठमाडौँ : अमेरिकाले बङ्गलादेशमा शेख हसिनालाई सत्ताच्युत गर्न हात रहेको भन्ने आरोपको खण्डन गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यालय ह्वाइट हाउसकी प्रेस सचिव करिन जिन पियरेले यसलाई अफवाह मात्रै रहेको बताएकी हुन्।

‘यसमा अमेरिकाको कुनै संलग्नता छैन । यस्ता सबै रिपोर्टहरू झुट हुन्,’ उनले भनिन्,‘बङ्गलादेशमा हालैमा भएका घटनामा अमेरिकी सरकारको हात भएको कुरा सबै अफवाह हुन्।’

पियरेले यो विकल्प बङ्गलादेशका नागरिकले आफै रोजेको पनि बताइन्। ‘बङ्गलादेशका जनताले आफ्नो सरकारको भविष्य आफै निर्धारण गर्नुपर्छ भन्ने हाम्रो चाहना हो। जस्तो मैले भने र भन्दै गर्छु सबै आरोप सत्य छैनन्,’ उनले भनिन्।

बङ्गलादेशमा विद्यार्थी महिनौँदेखि आरक्षणको विरोध गर्दा अगस्ट ५ मा प्रधानमन्त्री शेख हरिनाले राजीनामा दिएर देश छाडेकी थिइन्। त्यसपछि सेनाले अन्तरिम सरकारको आह्वान गरेको थियो। जसमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मत युनुस अन्तरिम सरकारका प्रमुख सल्लाहकार बनेका छन्। बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार