पोखरा : सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत स्याङ्जाले प्रहरीको निवेदन अनुसार मंगलबार कुँवरविरुद्ध पक्राउ अनुमति जारी दिएको हो ।
स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन सचिव हुँदा देखिएको हिनामिनाका विषयमा उनीमाथि उजुरी परेको स्याङ्जा प्रहरीका एक अधिकारीले जानकारी दिए । सूर्योदय सहकारी ठगी प्रकरणमा मुछिएका दुईजना पक्राउ परेका छन् । प्रहरीले तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गरेको हो ।
भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाका कार्यालयमा कस्टमर सर्भिसको कर्मचारी थिइन् । सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिएका थिए ।





