वाणिज्य बैंकले भदौका लागि घटाए ब्याजदर

२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौं । वाणिज्य बैंकहरुले भदौका लागि ब्याजदर घटाएका छन्।

ब्याजदर घटाउनेमा नेपाल बैंक, नबिल, हिमालयन, सानिमा, एनआईसी एसिया र स्ट्यान्डर्ड चार्टर्ड छन्। यी बैंकहरु भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम क्रमशः ५.२५ प्रतिशत, ७ प्रतिशत, ७ प्रतिशत, ७.४१ र ६.२ प्रतिशत दिने भएका छन्। साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ६.२५ प्रतिशत, नबिलले ७.२५ प्रतिशत, हिमालयनले ७.५ प्रतिशत, सानिमाले ६.४ प्रतिशत, एनआईसी एसिया ७.६३ प्रतिशत र सिद्धार्थ बैंकले ७ प्रतिशत दिँदै आएका थिए।

स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई र लक्ष्मी सनराइज बैंकले भने साउनकै ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन्। व्यक्तिगत मुद्दति निक्षेपमा स्ट्यान्डर्ड चार्टर्डले ७ प्रतिशत, ग्लोबल आइएमईले ६.२५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले पनि ६.२५ प्रतिशत ब्याजदर नै निर्धारण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार