तपाईंको आजको राशिफल : आज मिति २०८१ साल भदौ ७ गते शुक्रबार

२०८१ भाद्र ७, शुक्रबार

मेष : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। यात्रा गर्दा पनि सावधानी अपनाउनुपर्नेछ। सामान हराउने वा चोरी हुने डर छ।

वृष : धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

मिथुन : रोकिएका काम पुनः सुरु हुन सक्छन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आम्दानीभन्दा बढी खर्च हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुर्नेछ।

कर्कट : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

सिंह : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। नयाँ कार्यको योजना बन्नेछ।

कन्या : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। न्यायिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ। सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मित्रजनको साथले उल्लेख्य कार्य सम्पादन हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

वृश्चिक : दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम जीवन सुखद र समृद्ध बन्नेछ।

धनु : दिन त्यति राम्रो देखिँदैन। विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। दिनको उत्तरार्धमा मनपर्ने व्यक्तिसँगको भेटघाटले भने ऊर्जा थप्नेछ।

मकर : स्वादिष्ट भोजन पाइनेछ। अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ। शुभचिन्तकबाट पूर्ण समर्थन पाइनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको कदर गर्नेछन्। तर, विश्वासपात्रलाई वचन दिँदा भने संयमता अपनाउनुहोला।

कुम्भ : कुनै न कुनै कुराले मन प्रसन्न हुनेछ। काम गर्ने जोसजाँगर बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

मीन : मन्दिर दर्शनको योजना बन्नेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउन सकिनेछ। नजिकका व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार