गोरखामा अरिंगालले चिल्दा एक जनाको मृत्यु

२०८१ भाद्र १२, बुधबार

काठमाडौँ : अरिंगालले चिल्दा गोरखामा एक जनाको मृत्यु भएको छ । अरिंगालले चिल्दा घाइते भएका पालुङटार नगरपालिका–९, सानोबेंसीका ६५ वर्षीय जयबहादुर कुँवरको मृत्यु भएको हो ।

कुँवर मंगलबार साँझ घाइते अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार घरमै प्राथमिक उपचारका क्रममै कुँवरको मृत्यु भएको हो । कुँवरको शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार