महादेव पन्थ सचिवमा बढुवा

२०८१ भाद्र २९, शनिबार

काठमाडौं : सरकारले सहसचिव महादेव पन्थलाई नेपाल सकारको विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पन्थलाई सचिवमा बढुवा गरेको हो ।

गत आइतबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले पन्थसहित सहसचिव कमलप्रसाद पोखरेल र रुघुराम बिष्टलाई सचिव बढुवका लागि सिफारिस गरेको थियो । दोस्रो नम्बरमा सिफारिस भएका लुम्बिनी प्रदेश सरकारको कायममुकायम(कामु) प्रमुख सचिव रहेका पन्थलाई सचिवमा बढुवा गरिएको हो ।

उनको पदस्थापन पनि लुम्बिनीमै प्रमख सचिवका रुपमा भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार