बोलेरो दुर्घटनामा परी भोटेकोसीमा बेपत्ता महिलाको शव भेटियो

२०८१ भाद्र २९, शनिबार

काठमाडौँ : सिन्धुपाल्चोकमा दुर्घटना हुँदा भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक जना महिलाको शव प्राप्त भएको छ। प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका-६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा रहेको ढुंगाको कापमा शव फेला परेको हो।

सिन्धुपाल्चोक प्रहरीका डिएसपी निरञ्जन भट्टराईका अनुसार सुन्तली तामाङको शव फेला परेको हो। उनका ससुरा धनबहादुर तामाङले त्यसलाई सनाखत गरेका हुन।

उक्त बोलेरोका चालक भने अझै फेला परेका छैनन्। सिन्धुपाल्चोकस्थित बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार बोलेरो गाडी निकालिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
2
+1
0
+1
0

ताजा समाचार