साताको पहिलो दिन नेप्से घट्दा,कारोबारमा सुधार

२०८१ भाद्र ३०, आईतवार

काठमाडौँ : अघिल्लो साता बढेर बन्द भएको नेप्स यो साताको पहिलो कारोबार दिन घटेर बन्द भएको छ ।

अघिल्लो साता बिहिबार लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक ७८ दशमलव ३१ अङ्कको वृद्धि भएको थियो । यो साता भने आइतबार नेप्से परिसूचक ५०.७३ अंक घटेर २६३७.७९ विन्दुमा झरेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत बिहीबार ८ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको १ लाख १९ हजार ७३९ पटकको कारोबारमा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सेन्सेटिभ इण्डेक्स ७.८१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८३ अंक घटेको छ। आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार