चार सचिवको मन्त्रालय हेरफेर

२०८१ आश्विन ३, बिहीबार

काठमाडौं : सरकारले चार जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरू कार्यरत रहेको मन्त्रालय हेरफेर गरेको हो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ऊर्जा मन्त्रालयको सचिवमा सुरेश आचार्यलाई ल्याइएको छ भने ऊर्जामा रहेका गोपाल प्रसाद सिग्देललाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ।

त्यस्तै वन मन्त्रालय र कृषि मन्त्रालयका सचिव पनि हेरफेर भएका छन्। स्रोतका अनुसार वन मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्मालाई कृषि मन्त्रालय पठाइएको छ भने कृषिका सचिव दीपक कुमार खरेललाई वन मन्त्रालयमा ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार