धादिङमा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो

२०८१ आश्विन १२, शनिबार

काठमाडौं : काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।

पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार