कांग्रेस संसदीय दलको बैठक मङ्गलबार

२०८१ आश्विन १४, सोमबार

काठमाडौँ : सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ ।

कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक यही असोज १५ गते मङ्गलबार बस्न लागेको जनाएको छ । उक्त दिन संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो । दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार