आजदेखि ३ दिन देशैभर राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

२०८१ आश्विन १५, मंगलवार

काठमाडौँ : आजदेखि ३ दिन देशैभर राष्ट्रिय शोक मनाइँदै छ।

सरकारले मनसुनजन्य विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आजदेखि तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आजदेखि ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

राष्ट्रिय शोकको अवधिमा सरकारी कार्यालयहरूको झण्डा आधा झुकाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार