काठमाडौँमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

२०८१ आश्विन २१, सोमबार

काठमाडौँ : काठमाडौँमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका-१५ सितापाइला सोल्टीदोबाटो चोकमा बा.प्र.०१-००२ ज ६७७० नम्बरको गाडीले बा.४४ प ५९०१ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार काभ्रेको पनौती घर भएका ३० वर्षीय नविन परियारको मृत्यु भएको छ प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार