बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना १५ जना घाइते

२०८१ आश्विन २३, बुधबार

बुटवल : बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार बुटवलबाट शान्तिपुरका लागि छुटेको लु १ ज २०८८ नम्बरको जिप सत्यवती गाँउपालिका १ कुडालीमा दुर्घटना भएको हो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक कृष्ण सुनारका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते भएकाहरु मध्ये बाग्लुङको बरेङडाडा ३ का ४० वर्षका खडक बहादुर क्षेत्रीको अवस्था गम्ीभर रहेको सुनारले बताए ।

दुर्घटनामा घाइतेहरुलाई थप उपचारका लागि पल्पा ल्याइएको छ । गुडी रहेको जिप एक्कासी अनियन्त्रीत भइ सडकबाट केही मिटर तल खसेको यात्रुहरुले बताएका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । बिहान बुटवलबाट छुटेको जिप दिउँसो करिब साढे २ बजेतिर दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार