सुर्खेत : नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार लु २ ख ५००२ नम्बरको गाडी ब्रेक फेल भई सल्यानको कुमाख गाउँपालिका–३ स्थित चौरजहारी सडकमा भित्तामा ठोक्किन पुगेको हो । गाडीमा २० जना सवार रहेको प्रहरी निरीक्षक रमेश खत्रीले बताए । उनका अनुसार घाइते १६ जनामध्ये चारजनाको अवस्था गम्भीर रहेको छ र अन्य १२ जनाको अवस्था सामान्य रहेको छ ।
उनीहरुलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी रुकुम पश्चिम पठाइएको छ । दुर्घटनापछि चालक सल्यान कुमाख ३ बस्ने २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेका छन् ।





