तपाईंको आजको राशिफल : आज मिति २०८१ साल असोज २७ गते आइतबार

२०८१ आश्विन २७, आईतवार

मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेम सम्बन्ध फक्रेर जानेछ। मध्य दिनपछि भने मनमा उत्साह र उमङ्गको कमी देखिनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला।

मिथुन : परिवारमा झैझमेलाको अवस्था आउला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। मन भावुक र उत्ताउलो बन्न सक्छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ।

कर्कट : शुभ समाचार सुन्न पाइएला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। प्रेमीको सहयोग पाइनेछ। कृषि क्षेत्रको काममा सफलता मिल्नेछ।

सिंह : दोहोरो लाभ मिल्नेछ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम छ। कुनै कुराले मनमा शान्ति छाउला। व्यापारिक वा दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्।

कन्या : मित्रहरूले सहयोग गर्नेछन् र तपाईँलाई खुसी राख्नेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न रहनेछ। शुभारम्भको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

तुला : लाभ र हानि बराबरी रहनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। व्यर्थको सास्ती पनि खेप्नु पर्ला। परिवारका लागि धेरै समय दिन पाइने छैन र बजार घुम्ने अवसर भने मिल्नेछ।

वृश्चिक : समाजसेवाको कार्यमा मन लाग्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। जीवनसाथीसँग राम्रो आहार विहारका साथै रमाइलो समय बिताउनु हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।

धनु : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सेवामूलक कामबाट सुख र सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आकस्मिक धन लाभ हुनेछ। तर, अरूको भलाइका लागि दौडधुप गर्नु पर्नेछ।

मकर : आकाङ्क्षा पूर्ण हुनेछ। समाजसेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। धनमाल हात लाग्न सक्छ। साँझमा भने तनाव बढेको महसुस हुनेछ।

कुम्भ : भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ। बन्न लागेको काम बिग्रन सक्छ। घरपरिवारमा झैझमेलाको अवस्था पैदा होला। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्न सक्छ। ठूलाबडाको आशीर्वादले काम बन्न सक्छ।

मीन : व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वैदेशिक कार्य भने कमजोर रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार