काठमाडौँ : नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्ध अदालतको अवहेलनासम्बन्धी दायर मुद्दाको प्रारम्भिक सुनुवाइ न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चूडालको इजलासमा भएको छ।
सर्वोच्च अदालत प्रशासनले बिहान प्रकाशित गरेको उक्त इजलासको पेसी सूचीमा पहिलो नम्बरमा यो मुद्दा राखिएको थियो। इजलास सुरू भएलगत्तै सुनुवाइ अघि बढेको थियो। अब इजलासबाट आदेश आउन बाँकी छ।





