विकास र सम्मृद्धिका काम जनअपेक्षाअनुसार हुन नसकेकोबारे मनन गरेका छौँ : महासचिव पोखरेल

२०८१ कार्तिक ९, शुक्रबार

काठमाडौँ : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेलाई कमजोर पार्दा नेपालको राजनीतिलाई ‘कठपुतली’ जस्तै नचाउन सकिन्छ भन्ने उद्देश्यले चौतर्फी घेराबन्दी आक्रमण भइरहेको बताएका छन् । शुक्रवार अखिल नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला कमिटीले गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका हुन् ।

‘एमालेलाई कमजोर पार्दा नेपालको राजनीतिलाई कठपुतली जस्तै नचाउन सकिन्छ भन्ने सच्चाई हामीले बुझ्नुपर्छ’, महासचिव पोखरेलले भने, ‘हो विकास र सम्मृद्धिका काम जनअपेक्षा अनुसार हुन नसकेकोमा पार्टीले मनन गरेको छ ।’

यस्तो घेराबन्दी र आक्रमणले पार्टी चुकेको र गलत दिशामा हिँडेको हो कि भन्ने माहौल सिर्जना गरिएको पोखरेलको भनाइ छ । उनले यस्तो प्रवृत्तिले नेपालको राजनीतिलाई कुन बाटोमा अघि बढाउने ? भन्ने प्रश्न उठेको भन्दै सही बाटोमा लैजाने कि पपुलिजमलाई ? साथ दिने दोसाँधमा रहेको बताए ।

युक्रेनको उदाहरण दिँदै महासचिव पोखरेलले त्यहाँ हास्य कलाकारलाई राष्ट्रपतिमा निर्वाचित गर्दा जनताले सास्ती खेप्नुपरेको बताए । ‘युक्रेनमा राजनीति नबुझेको व्यक्ती राष्ट्रपति हुँदाको पीडा त्यहाँका जनताले भोगिरहेका छन्’, पोखरेलको भनाई छ । उनले समाजमा सांस्कृतिक मूल्यको विघटन तीव्र गतिमा भइरहेको भन्दै त्यसलाई रोक्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार