रास्वपाका ३३ कार्यकर्ता गिरफ्तार

२०८१ कार्तिक १३, मंगलवार

काठमाडौँ : बालुवाटारमा निषेधित क्षेत्र तोडेपछि प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३३ जना कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ। बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शन गरिरहेका उनीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले गिरफ्तार गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नवराज अधिकारीले जानकारी दिए।

यता रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने अहिलेसम्म १७ जना कार्यकर्ता पक्राउ परेको पुष्टि गरे। उनका अनुसार पक्राउ पर्नेहरूमा वीरेन्द्र श्रेष्ठ, अशोक चौधरी, प्रदिप बिष्ट, सुरेश पोख्रेल, ध्रुब ढकाल, नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल पृयास, सबि खड्का, बुद्धरत्न महर्जन, दयाराम नेपाल, सुरेन्द्रराज अवाले, सैलेन्द्र खत्री, उमेश लामा, खुसिराम कैनी र नवराज मुड्वरि रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार