देशभित्रै रोजगारी सृजना गर्ने विषय अहिलेको मुख्य चुनौती: भट्टराई

२०८१ कार्तिक १३, मंगलवार

ताप्लेजुङ : सांसद योगेशकुमार भट्टराईले देशभित्रै कसरी रोजगारी सृजना गर्ने भन्ने विषय अहिलेको मुख्य चुनौतीको रुपमा रहेको बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले नेपालीहरूका चाडपर्वहरूमा अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रममा उक्त कुरा बताएका हुन्।

भट्टराईले वैदेशिक पलायन हुने नेपाली श्रम शक्तिलाई देशभित्रै रोजगारी सृजना गर्ने प्रक्रियामा घरेलु तथा साना उद्योग मुख्य आधार बन्न सक्ने समेत बताए। घरेलु तथा साना उद्योग स्थानीय संस्कृतिसँग समेत जोडिएकाले सांस्कृतिक उत्थानमा समेत सहयोग पुग्ने बताए।

घरेलु तथा साना उद्योगमार्फत सृजना हुने रोजगारीले नेपालीहरूमा कायम रहेको परनिर्भरता समेत हट्ने भएकोले उद्यम प्रवर्द्धनमा ध्यान दिनुपर्ने समेत भट्टराईले बताए। घरेलु तथा साना उद्योगले संस्कृति समेतको आदान–प्रदान गर्ने भन्दै घरेलु तथा साना उद्यमीहरूलाई भट्टराईले व्यवसायीमुखी हुने गरी काम गर्न सल्लाह समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार