इङल्याण्डमाथि नेपालको शानदार जीत

२०८१ कार्तिक १६, शुक्रबार

काठमाडौँ : नेपालले हङकङ सिक्सेसमा विजयी शुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा पूरा गरेको हो। नेपालका लागि कप्तान सन्दीप जोराले ५० रन बनाएका थिए भने लोकेश बमले २० तथा राशिद खानले २१ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुदै ९७ रन बनाएको हो । इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, बिबेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए । अब नेपालले अर्को खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार