श्रीलंकाले जित्यो हङकङ सिक्सेस क्रिकेटको उपाधि

२०८१ कार्तिक १९, सोमबार

काठमाडौँ : हङकङ सिक्सेस क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ।

आइतबार भएको फाइनलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै श्रीलंकाले उपाधि हात पारेको हो।  टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ५ ओभर २ बलमा ७२ रन बनाएर अलआउट भयो।

पाकिस्तानले दिएको ७३ रनको लक्ष्य श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै पाकिस्तान तथा बंगलादेशलाई जित्दै श्रीलंका फाइनलमा पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार