मोटरसाइकल अनियन्त्रित भई दुर्घटना, एक जनाको मृत्यु

२०८१ कार्तिक १९, सोमबार

दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका-५ स्थित लमही-गढवा भित्री सडक खण्डमा लमहीबाट गढवा जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । मृत्यु हुनेमा राप्ती गाउँपालिका-५ कमलराेड निवासी २२ वर्षीय प्रेम राना मगर रहेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले मगरलाई लमही अस्पतालमा उपचारकाे लागि लगिएको तर चिकित्सकले मृत घोषणा गरेको बताए ।

मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार