काठमाडौं : आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपाली टिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रन जोड्यो । नेपाली टिमका लागि कप्तान पूजा महतालेले शानदार प्रदर्शन गरिन् ।
करियरकै पहिलो शतक हिर्काएकी पूजाले ६९ बलमा १३० रनको विशाल स्कोर जोडिन् । त्यसक्रममा उनले १७ चौका हिर्काएकी थिईन् । त्यस्तै उपकप्तान सोनि पाख्रिनले ४३ रन थपिन् । दोस्रो विकेटका लागि सोनि र पूजा मिलेर ८४ बलमा १५७ रनको साझेदारी गरेका थिए ।





