विश्वकप छनौटमा भेनेजुएलासँग बराबरीमा रोकियो ब्राजिल

२०८१ कार्तिक ३०, शुक्रबार

काठमाडौं : दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट अन्तर्गत ब्राजिल बराबरीमा रोकिएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिल भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ४३औं मिनेटमा राफिन्हाको गोलमा ब्राजिलले अग्रता हासिल गरेपनि खेलको ४६औ मिनेटमा टेलास्को सेगोभियाको गोलमा भेनेजुएलाले बराबरी गोल गरेका थिए । यस खेलमा खेलको ८९औँ मिनेटमा अलेक्जण्डर गोन्जालेजले रातो कार्ड पाएका थिए ।

यो बराबरीपछि ब्राजिलको ११ खेलमा १७ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै भेनेजुएलाको ११ खेलमा १२ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार