श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो

२०८१ मंसिर ६, बिहीबार

काठमाडाैं : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०/८१ को चार महिनाको तुलनामा चालुु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या झन्डै १५ प्रतिशतले बढेको हो ।

विभागका अनुसार चालुु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएकामा गत आवको सो अवधिमा दुुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार