ज्योति विकास बैंक र निओ मनि ट्रान्सफर बीच सम्झौता

२०८१ मंसिर १४, शुक्रबार

काठमाडौं : ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले निओ मनी ट्रान्सफरसँग नीतिगत साझेदारी गरेको छ।

दुई पक्षबीच भएको सम्झौताले विदेशबाट निओ मनी ट्रान्सफरमार्फत पठाइएको रेमिट्यान्स रकम ग्राहकहरुले अब ज्योति विकास बैंकका नेपालभरका विभिन्न शाखाहरु मार्फत सजिलै प्राप्त गर्न सक्नेछन्। यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्ति र परिवारहरूले छिटो, सुरक्षित र सहज रुपमा वित्तीय सेवा लिने अपेक्षा गरिएको छ ।

निओ मनी ट्रान्सफरसँगको सम्झौताले बैंकको वित्तीय समावेशनलाई प्रवर्द्धन गर्न र वित्तीय समाधानका लागि विश्वसनीय साझेदारको रूपमा यसको स्थान सुदृढ गर्न प्रतिबद्धता प्रदर्शन गर्ने बताइएको छ । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूको सहजताको लागि विभिन्न सहकार्यहरू गर्दै विविध सुविधाहरू उपलब्ध गराउँदै आएको छ।

साथै, डिजिटलाइजेसन सेवालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै, बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हितलाई उच्च प्राथमिकतामा राखेको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार