तारकेश्वरमा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु

२०८१ मंसिर १५, शनिबार

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकामा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

प्रहरी वृत्त बालाजुका अनुसार शान्ति टोल नजिकै आज बिहान सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो। सवारी एकआपसमा ठोक्किँदा अन्य केहि यात्रुसमेत घाइते भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाई छ।

थप विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार