कोशी एमालेको प्रमुख सचेतकमा लिङ्थेप नियुक्त

२०८१ मंसिर १७, सोमबार

विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङ्थेप नियुक्त भएका छन्।

लिङ्थेपलाई नेकपा एमाले कोशीका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।संखुवासभाबाट प्रदेशसभामा निर्वाचित लिङ्थेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादि नगरपालिकाको मेयर थिए।

प्रमुख सचेतक रेवती रमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएपछि खाली भएको प्रमुख सचेतकमा मुख्य मन्त्री कार्कीले लिङ्थेपलाई नियुक्त गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार