सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी जोशी अस्पताल भर्ना

२०८१ मंसिर २८, शुक्रबार

काठमाडौं : पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ । बिहीबार स्वास्थ्य परीक्षण गराउँदा जोशीलाई डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनी भर्ना भएका हुन् । जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

जोशीसहित पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार