बाजुरामा शक्तिसाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

२०८१ पुष ६, शनिबार

फाइल फोटो

बाजुरा : जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो। भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किँदै होहल्ला गरेका हुन्।

पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन्। भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
4
+1
2
+1
1
+1
0

ताजा समाचार