मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

२०८१ पुष ६, शनिबार

मकवानपुर : मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । शनिबार एक समारोहका बिच उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रशासकीय भवन निर्माणको शिलान्यास गरेका हुन् ।

लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको मनहरीले नयाँ प्रशासकीय भवन निर्माण थालेको हो । राष्ट्रिय वन क्षेत्रको जग्गाको स्वामित्व गाउँपालिका अन्तर्गत ल्याएर मनहरीले भवन निर्माण कार्य थालेको गाउँपालिकाका योजना महाशाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए । ६ कट्ठा क्षेत्रफलमा ४२ वटा कोठासहित ३ तले सुविधा सम्पन्न भवन निर्माण गर्ने गरी मनहरीले ठेक्का सम्झौता गरेको उनले बताए ।

प्रशासनिक भवन निर्माणको लागि तामाकोसी–ढाचा जेभी बालाजु काठमाडौँले निर्माणको लागि गत असोज १४ गते सम्झौता गरेको उनको भनाई छ । ८ करोड २८ लाख ६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको उक्त भवन निर्माण आगामी २०८२ चैत ३० गते सम्पन्न गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार