पोखरा विश्वविद्यालय उपकुलपतिमा केसी नियुक्त

२०८१ पुष ८, सोमबार

पोखरा : पोखरा विश्वविद्यालय उपकुलपतिमा प्रा.डा वेदराज केसी नियुक्त भएका छन् । प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले प्रा.डा केसीलाई आगामी ४ वर्षका लागि कुलपति नियुक्त गरेका हुन् ।

पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २४ अनुसार उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । मानविकी तथा सामाजिकशास्त्र संकायका डीन सहप्राडा अजय थापा र स्वास्थ्य विज्ञान संकायका डीन सह प्रा.डा अमर नागिला सदस्य रहेको समितिले १२ जना आवेदकमध्येबाट अन्तर्वार्ता र कार्ययोजनाको मूल्यांकन गरी ३ जनाको नाम सिफारिस गरेको थियो ।

प्रगतिशील प्राध्यापक संगठन नेपालका केन्द्रीय अध्यक्ष केसी २०२४ सालमा रोल्पाको गैरिगाउँमा जन्मिएका थिए । उनले त्रिविबाट विज्ञान विषयमा स्नातक र स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा प्राध्यापन गर्दै आएका उनका चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विदेशी तथा स्वदेशी जर्नलमा प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार