मलेसियामा ३ सवारीसाधन आपसमा ठोकिँदा ७ जनाको मृत्यु, ३३ घाइते

२०८१ पुष ९, मंगलवार

क्वालालम्पुर : मलेसियामा तीनवटा सवारीसाधन एकआपसमा ठोकिँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन्। सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवानजिक तीनवटा सवारीसाधन ठोकिएका हुन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार २७ यात्रु बोकेको एउटा टुर बस, एउटा ट्रेलर र टोयोटा आपसमा ठोकिएका हुन्। स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बालिका छन्।

दुर्घटनाका कारण राजमार्गको दुवै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो। दुर्घटनाका कारण अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार