खोटाङ : काठमाडौंबाट फेदी आउँदै गरेको सुमो दुर्घटना भएको छ ।
ना १ ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीको राँचीमा दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा केपिलासगढी–१ फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राई घाइते भएका छन् । गाडी रोकिराखेको ठाउँबाट ब्याक भएर करिब दुई सय मिटर तल खसेको प्रहरीले बताएकाे छ ।
घाइतेको बास्पानीस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ ।





