काठमाडौं : भारतीय गायक सोनु निगमले बिहीबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। सांगीतिक कार्यक्रमका लागि नेपाल बुधबार नेपाल आइपुगेका निगम आज पशुपति पुगेका हुन्।
उनीसँगै हास्य कलाकार सन्दीप क्षेत्रीसहित कार्यक्रम आयोजक कमिटीका सदस्य सहभागी छन्। निगमलाई नेपाल टचले क्रिसमस कन्सर्टको लागि काठमाडौं ल्याएको हो। बुधबार बेलुका उनले हायात रिजेन्सीको चौरमा भव्य सांगीतिक प्रस्तुति दिएका थिए।





