अराजकताविरुद्ध कठोर निर्णय हुनेछ : मुख्यमन्त्री कार्की

२०८१ पुष १३, शनिबार

झापा : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै किसिमका अराजकताका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने बताएका छन्।

अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरे नेपाली जनताको विकास र समृद्धिको चाहनामा अवरोध पु¥याउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्तालाई कानुनी कठघरामा ल्याउने सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीको बताए । नेकपा (एमाले) दमक नगर कमिटीले आज पर्यटकीयस्थल इलामको चुलाचुलीस्थित चपेटीमा आयोजना गरेको बाल प्रतिभाको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले भने।

“सहकारीमा जम्मा गरेको सर्वसाधारणको करोडौँ अर्बौँ रकम अपचलन गर्ने, आफ्नै बैंक खातामा कहाँबाट पैसा आयो भन्ने थाहा नपाए झै गर्ने, आफैँले काटेको चेक मलाई थाहा छैन भन्ने जस्ता गैरजिम्मेवारी पूर्णजवाफ दिनेसम्मका हर्कत अराजक प्रवृत्तिहरु हुन् ।” कुनै बहानामा ठगी र अपराध गर्ने कानुनी दायरा बाहिर हुन नसक्ने भन्दै उनले कुनै दल विशेषको नेता हुँदैमा कानुनी कारबाहीबाट मुक्ति हुनुपर्छ भन्ने तर्क गर्नेले सामाजिक सञ्जालमा अराजकता मच्चाइरहेको उल्लेख गरे ।

सत्तरी प्रतिशत जनमतसहितका कांग्रेस–एमालेको सत्ता सहकार्यबाट मुलुकअघि बढिरहेको र यसले सरकारको स्थिरता र जनताको विकास र समृद्धिको चाहनालाई बढाइरहेको उनले बताए । एमाले केन्द्रीय सदस्यद्वय दीपक कार्की र इन्द्र भण्डारीले जब जब एमाले नेतृत्वको सरकार बन्छ तब तब विभिन्न उच्छृङ्खंल र अराजक समूह सरकारको लोकप्रियता विरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म विभिन्न आरोप र लाञ्छना लगाउँदै अपवाफ फैलाउदै आएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार