फेरि कैलालीबाटै चुनाव लड्ने परराष्ट्रमन्त्री राणाको घोषणा

२०८१ पुष १३, शनिबार

काठमाडौँ : परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाले आउने चुनावमा आफू कैलालीबाटै चुनाव लड्ने बताएकी छन्।

शनिबार धनगढी आयोजित कार्यक्रममा उनले पहिले केही कारणले चुनाव हारेको भए पनि फेरि पनि आफू त्यही क्षेत्रमा आएर चुनाव लड्ने विचारमा रहेको सुनाइन्।

२०७४ को चुनावमा  कैलाली क्षेत्र नं. ५ मा उम्मेदवार बनेकी राणा नेकपा एमालेका नारदमुनि रानासँग झण्डै ५ हजार मतान्तरले पराजित भएकी थिइन्। त्यतिबेला नेकपा एमाले र माओवादीबीच सुनावी तालमेल भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार