सरकार ढल्छ, टिक्दैन भन्ने तर्कमा सत्यता छैन : गगन थापा

२०८१ पुष १७, बुधबार

मकवानपुर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार ढल्छ, टिक्दैन भन्ने तर्कमा कुनै सत्यता नरहेको बताएका छन् ।

४९ औँ मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनसम्म सरकार दायाँबायाँ नहुने बताए । महामन्त्री थापाले कांग्रेसमाथि चौतर्फी घेराबन्दी रहेको बताए । कांग्रेस कमजोर बनाउन गठबन्धन र साझेदारी बाहिरबाट घेराबन्दी भइरहेको उनले बताए ।

उनले कांग्रेस विचार र सिद्धान्तमा टिकेको पार्टी भएको दाबी गरे । पटकपटक देशलाई निकास दिँदै आएको कांग्रेसले तत्कालको फाइदा भन्दा पनि संविधान पालनालाई प्राथमिकतामा राखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार