काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बीआरआई फ्रेमवर्क सम्झौता हुनु खुशीको कुरा भएको भन्दै स्वागत गरेका छन् । बीआरआई कार्यान्वयनको विषयमा आज विशेष पत्रकार सम्मेलन गर्दै खनालले यस्तो बताएका हुन् ।
उनले बीआरआईलाई नेपालको हितमा उपयोग गर्नुपर्नेमा जोड दिए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई असफल भनेर प्रचार गर्नु गलत भएको टिप्पणी गरे । उनले नेपालको राष्ट्रिय हितलाई सोचेर बोल्नुपर्ने सम्झाए ।
उनले उत्तरतिरको सिमानाजस्तै दक्षिणतिरको सिमानाको अवस्थापनि त्यस्तै हुनुपर्ने बताए । उनले नेपालले भारत र चीन दुवैसँग असल, मैत्रीपूर्ण र सहयोगको सम्बन्ध राख्न चाहेको बताए । तर, एकातिरबाट किन नेपाललाई बढि पेलपाल हुन खोज्छ ? भनेर खोज्न जरुरी रहेको खनालको भनाई छ ।





