काठमाडौं : वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयता पाउने भएका छन् । समाजवादीमा आउँदा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले तेस्रो वरीयता पाउने गरी मोटामोटी सहमति भएको हो ।
समाजवादीको केन्द्रीय कार्यालय बानेश्वरको आलोकनगरमा भएको दुई दलीय छलफल गौतम पार्टीमा आउने गरी समझदारी भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । समाजवादीमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि गौतमले वरिष्ठ नेताको वरीयता पाउने भएका छन् ।





