ओली सरकारको आयु धेरै छैन : प्रचण्ड

२०८१ पुष १८, बिहीबार

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन सरकारको आयु धेरै लामो नभएको ब्रिफिङ गरेका छन् ।

बिहीबार केन्द्रीय कार्यालय पेसिसडाँडामा बसेको स्थायी समिति बैठकमा उनले ओली सरकारको आयुबारे ब्रिफिङ गरेका हुन् । आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा प्रस्तुत गर्ने क्रममा उनले भने, ‘केपी ओली सरकारको आयु धेरै छैन । यो सरकार अन्तर्राष्ट्रियमा पनि अनुदार देखियो ।’

प्रचण्डले अगाडि भने, ‘राष्ट्रिय समस्या समस्या समाधान गर्न समेत ओली सरकार पूर्ण असफल देखियो । जनताको सरकार नभई भ्रष्टाचारी, बिचौलिया, माफियाको सरकार बनेकाले अलोकप्रिय बन्दै गएको छ । एमालेभित्र र कांग्रेसभित्र चुलिएको असन्तुष्टिका कारण पनि अब ओली सरकार धेरै पर जाँदैन । यस्तो अवस्थामा हामी सरकारमा जाँदैनौँ । अभियान लिएर जनताको बिचमा जान्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार