काठमाडौं : एकाबिहानै भूकम्पले काठमाडौं हल्लाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सबैलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘शुभप्रभात, हिजोआज विभिन्न भागमा स–साना भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनुहोला, सुरक्षित रहनु होला ।
’राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहानको चीनको तिब्बतस्थित केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न ठाउँमा महसुस गरिएको थियो। भूकम्पको धक्का गएपछि काठमाडौंबासी घरबाहिर निस्केका थिए ।






