कीर्तिपुरमा हाइलक्स गाडी दुर्घटना, चार जना घाइते

२०८१ पुष २४, बुधबार

काठमाडौं : कीर्तिपुरका हाइलक्स गाडी दुर्घटना भएको छ । बुधबार बिहान करिब सवा ८ बजेतिर शिक्षा तथा मानव स्रोत केन्द्रको लु ३ फ ३२५ नम्बरको गाडी दुर्घटना भएको हो ।

गाडी सडकबाट करिब एक सय मिटर तल भीरमा झरेको छ । उक्त गाडी जनक खत्रीले चलाएका थिए । प्रहरीका अनुसार दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन् ।

घाइते हनेहरुमा कीर्तिपुरकी ४७ वर्षीया सम्झना देवकोटा, मध्यपुर ठिमी बस्ने ४७ वर्षीय विजय सत्याल र रुकुम घर भई काठमाडौं बस्ने ३३ वर्षीय शंकर बुढाथोकी रहेका छन् । घाइतेहरुको अवस्था सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार