बैंक ग्यारेन्टी पेस गरेर छुटे रवि

२०८१ माघ २, बुधबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतबाट रिहा भएका छन् ।

अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् । ६० लाख रुपैयाँको धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसिदिएसँगै लामिछाने छुटेका हुन् ।

बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार