संखुवासभाको बाह्रविसे बजारमा आगलागी, ५ वटा घर जलेर नष्ट

२०८१ माघ ३, बिहीबार

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रविसे बजारमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बुको एकएकवटा र सुरेश तामाङ्गको २ वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

रामबहादुर राईको घरवाट आगलागी सुरु भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार