उच्च अदालत पाटनले माग्यो आशिका पक्राउको कारण

२०८१ माघ ४, शुक्रबार

काठमाडौँ : उच्च अदालत पाटनले विवादित अभियन्ता आशिका तामाङलाई पक्राउ गर्नुको कारण मागेको छ । आशिकाको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश श्यामकुमार भट्टराईको इजलासले पक्राउको कारण मागेको हो ।

बिहीबार मात्रै आशिकाको बन्दी प्रत्यक्षीकरण निवेदन अदालतमा परेको थियो । जसमा बसेको इजलास माघ ६ गते काठमाडौं प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई कारणसहित उपस्थित हुन आदेश दिएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए ।

कारणसहित उपस्थित हुन प्रहरी र प्रशासनलाई आदेश दिए पनि बन्दी रहेकी आशिकालाई भने अदालतमा नझिकाइएको आचार्यले बताए ।

पुस २५ गते आशिका पशुपति मन्दिर परिसरमा पुगेर कोषका पदाधिकारी, कर्मचारी र प्रहरीमाथि अभद्र रूपमा प्रस्तुत भएकी थिइन । त्यही विषयमा प्रहरीले पक्राउ गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले उनलाई पाँच दिन हिरासतमा राखेर अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार